बसन्तपुरमा चीर ठड्याइयो,सुरु भयो होली

बसन्तपुरमा चीर ठड्याइयो,सुरु भयो होली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फागु पर्व अर्थात रंगहरुको उत्सव होली बिहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ। काठमाण्डुकाे वसन्तपुरस्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली उपत्यकालगायत मुलुकभर औपचारिक रुपमा सुरु भएको हाे ।

आज बिहान ७ बजेको शुभसाइतमा मानन्धर समुदायले बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर तीन छत्रे होलीको चिर दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएका हुन् । होलिकाको दहन र भगवान कृष्णले गोपिनीहरु नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यस वर्षको होली पर्वको मुख्य दिन चैत ३ र ४ गते परेको छ । ३ गते हिमाली तथा पहाडी जिल्लामा र ४ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ । होलीमा सरकारले सार्वजनिक बिदा दिने गर्दछ।