एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो : प्रधानमन्त्री देउवा

एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो : प्रधानमन्त्री देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदान वापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन् ।

पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताअनुसार आउने अनुदान वापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन् ।

‘एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो,’ प्रधानमन्त्री देउवाले भने, ‘यसले देशको विकास र रोजगार बढाउँछ ।’ उनले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।