काठमाण्डु- नेकपा (एमाले)को राष्ट्रिय सभा संसदीय दलको नेतामा खिमलाल भट्टराई चयन भएका छन् ।
बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भट्टराईलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरेका हुन्। ओलीले राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा देवेन्द्र दाहाललाई नियुक्त गरेका छन् ।
दुबै जनालाई ओलीले आफ्नो निवास बालकोटमा नियुक्तिको पत्र दिएको जनाइएको छ । यसअघि सुमन प्याकुरेल राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता थिए । उनको पदावधि फागुन १९ गते सकिएको छ ।




प्रतिक्रिया