रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने

रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को – रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो ।

रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले रुस र युक्रेनका बीचमा अहिले भइरहेको युद्ध रोक्ने विषयमा नै उहाँहरूको भेटवार्ता केन्द्रित हुने जानकारी दिए ।

विभिन्न सञ्चार माध्यमहरूले यसअघि नै उनीहरूका बीचमा भेटवार्ता हुन लागेको समाचार सम्प्रेषण गरेका थिए । “हो बेलारुसका राष्ट्रपति भोलि मस्को आँउदै हुनुहुन्छ, उहाँले हाम्रा राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ,” प्रवक्ता पेस्कोभले बिहीबार पत्रकारहरूसँग भन्नुभयो ।