शनिबार थपिए ७३ कोरोना संक्रमित

शनिबार थपिए ७३ कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५०६२ जनामा गरिएको नमूना परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर गरिएको २ हजार २ सय ३८ पिसिआर परिक्षणका क्रममा ३० जना र २ हजार ८ सय २४ एन्टीजेन परिक्षणका क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिबार कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयको भनाई छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ ।