प्रेस चौतारीको अध्यक्षमा बस्नेत र महासचिवमा लामा निर्वाचित

प्रेस चौतारीको अध्यक्षमा बस्नेत र महासचिवमा लामा निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः गणेश बस्नेत निर्वाचित भएका छन् । बस्नेतलाई चौतारीले दोस्रो कार्याकालका लागि सर्वसम्मत अध्यक्ष चयन गरेको हो । चौतारीको अध्यक्ष बन्न उपाध्यक्षहरु गणेश पाण्डे, टीका विष्ट र माधव नेपाल प्रतिस्पर्धामा थिए ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले नै बस्नेतलाई बनाउन चाहेपछी उनको नाममा सर्वसम्मती भएको हो । उनि सात बर्षदेखी चौतारीको अध्यक्ष छन् । चौतारीको महासचिवमा हिरामान लामा निर्वाचित भएका छन् ।

१७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर उपमहाचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा ईन्द्र आचार्य तथा सचिवमा विक्रम लुइंटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुंवर र हरिबल्लभ नेपाल निर्वाचित भएका छन् ।