काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशभरको मौसममा बंगलादेश तथा त्यस आसपासका क्षेत्रमा उत्पन्न निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।
दिउँसो नेपालका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।
पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ । मंगलबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।




प्रतिक्रिया