ग्रीन भेन्चर्सको आइपिओ आउँदै

ग्रीन भेन्चर्सको आइपिओ आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कुल निष्काशनको पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आगामी चैत ८ गतेदेखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आव्हान पत्रमा उल्लेख छ ।

सर्वसाधारणले चैत ११ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी चैत २२ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।