चुनावका लागि आचारसंहिता निर्माण छलफलकै क्रममा छ : निर्वाचन आयोग

चुनावका लागि आचारसंहिता निर्माण छलफलकै क्रममा छ : निर्वाचन आयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आचारसंहिता तयार भइरहेको बताएको छ । सोमबार सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता निर्माण छलफलकै क्रममा रहेको बताएका हुन्

पौडेलले भने, ‘आचारसंहिता निर्माण र छलफलकै क्रममा छ । पास भएपछि राजपत्रमा प्रकाशित हुन्छ । कहिलेदेखि लागु हुन्छ भन्नेमा आयोगले निर्णय गरेदेखि लागू हुन्छ’ । साना दलले निर्वाचन चिन्हप्रति गरेको गुनासोबारे पनि आयोगले प्रचलित कानुनको अधीनमा रहेर निर्णय गर्ने उनको भनाइ छ ।

‘प्रचलित कानुनको अधीनमा रहेर के गर्न सकिन्छ त्यसबारे आयोगले सोचिरहेको छ, तर निर्णय भैसकेको छैन’, उनले भने ।  त्यस्तै आयोगले निर्धारण गरेको उम्मेदवारको खर्चलाई विभिन्न संयन्त्रबाट अनुगमन गर्ने व्यवस्था मिलाएको उनले बताएका छन् ।