डिआईजी पन्त,सिंह र धानुक एआईजी बढुवाका लागि सिफारीस

डिआईजी पन्त,सिंह र धानुक एआईजी बढुवाका लागि सिफारीस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका तीन डिआईजी एआईजी बढुवाका लागि सिफारीस भएका छन् । बढुवा समितिको मंगलबार सांझ बसेको बैठकले डिआईजीहरु बसन्त पन्त,धीरजप्रताप सिंह र रविन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी थप गर्ने निर्णय गरेको थियो । डिआईजी बढुवाका लागि डिआईजीहरु घनश्याम अर्याल,ईश्वरबावु कार्की, बसन्त लामा र उत्तम सुवेदी प्रतिस्पर्धामा थिए । तर, बढुवा समितिले पुरानो ब्याचबाट पन्त र पछिल्लो ब्याचबाट धानुक र सिंहलाई बढुवाका लागि सिफारीस गरेको हो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले यही व्याचकै विश्व पोखरेल र सहकुल थापालाई एआईजीको दरबन्दी सिर्जना गरेर बढुवा गरिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अहिले बढुवा सिफारीस भएका एआईजीहरुमध्येबाटै आईजीपी बनाउने सम्भावना समेत छ ।

गृह सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा रहेको बढुवा समितिमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्य सचिव छन्। प्रहरी महानिरीक्षक थापाले आगामी वैशाखमा अवकास पाएपछी पोखरेल,धानुक र सिंहमध्ये एक जना आइजीपी बन्ने सम्भावना छ ।