काठमाण्डु – नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को बढुवा सिफारिस भएसँगै डिआइजी बढुवाको बाटो खुलेको छ ।
मंगलबार धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक र वशन्त पन्तलाई एआईजीमा बढुवा सिफारिस भएसँगै रिक्त डिआईजी पदका लागि दुई टोलीका ४६ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुबीच तीव्र प्रतिस्पर्धा छ । एआईजी बढुवा सिफारिससँगै डिआईजी बढुवाका दाबेदारहरु शक्तिकेन्द्र धाउन थालिसकेका छन् । तर, डिआइजी बढुवा एआइजी भन्दा पेचिलो हुने देखिएको छ ।
अब बढुवा हुनेमध्ये १ वर्षपछि आइजिपी चयन हुने भएकाले पनि यो बढुवामा अस्वभाविक चलखेल हुने देखिन्छ । बरिष्ठता र निष्पक्षताका साथ बढुवा गरेमा सिनियर टोलीका एसएसपी डिआइजी हुनेछन् । जसमा नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी, मसाउँद आलम खाँ र प्रदिप कुमार श्रेष्ठ छन् । यसअघि पनि बढुवामा छुटेका उनीहरू अहिले पनि बढुवाको प्रतिस्पर्धामा कमजोर देखिएका छन् ।
डिआईजी बढुवाको सबैभन्दा बलिया १७ जना छन् । जसमा सन्दीप भण्डारी, टेक प्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दिपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेक बहादुर तामाङ, बसन्त बहादुर कुँवर र भिम प्रसाद ढकाल छन् ।
उनीहरुपछि १७ जनाको टोली छ । जसमा वीरेन्द्र कुमार बस्याल, जनक भट्टराई, विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशलाल बाँस्तोला, किरण राणा, नवराज भट्टराई, लालमणि आचार्य यज्ञबिनोद पोखरेल, हृदय थापा र चन्द्रकुबेर खापुङ छन् ।
त्यस्तै गत वर्ष मात्र बढुवा भएका कृष्ण कुमार महत, गोविन्द कुमार साह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहन प्रसाद पोख्रेल छन् । उनीहरुको टोलीको सम्भावना कमजोर छ ।
आगामी १८ बैशाखमा नियुक्त हुने महानिरीक्षकले ११ चैतमा अवकाश पाउँछन् । त्यसपछिको आइजिपीमा अहिले १०८ र ११० को टोलीबाट बढुवा हुनेछ । सोही कारण एआइजीभन्दा डिआइजी बढुवा पेचिलो बनेको हो । अर्काेतर्फ जुनियरहरु पैसा बोकेर बढुवाको दौडधुपमा लागेकाले पनि केही इमान्दार अधिकृतमाथि अन्याय हुने सम्भावना बढेको छ ।




प्रतिक्रिया