शुक्रबार सुनको मूल्य कति छ ?

शुक्रबार सुनको मूल्य कति छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ शुक्रबार स्थिर रहेर सोही मूल्यमा कारोबार भैरहेको छ ।

तेजावी सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँको दरले घटेको छ । बिहिबार एक हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार ३८५ रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ ।