काठमाण्डु – गायक प्रकाश सपुतको हालै सार्वजनिक नयाँ गीत ‘पिरको भिडियोबाट यौनकर्मीको दृश्य हटाइएको छ ।जनयुद्धमा लडेकी युवती ज्यान पाल्न देहव्यापार गरिरहेका छन् भन्ने सन्देश दिने गरी भिडियो बनाएकाे भन्दै चाैतर्फी विराेध भएपछि गायक सपुतले उक्त दृश्य हटाएका हुन् ।
गीत रिलिज भएको २४ घण्टा पनि नबित्दै विवादमा तानिएको थियाे । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको कथालाई आधार बनाएर ल्याईएको उक्त गितले जनयुद्धमा सहभागी हजारौं महिला जनमुक्ति सेनाको अपमान भएको भन्दै माओवादीका नेता कार्यकर्ताहरुले अपमानजनक दृश्य हटाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
साथै गायक सपुतले सबैको अपेक्षाअनुसार सिर्जना गर्न सम्भव नहुने र यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने आत्मालोचना गर्ने भन्दै प्रस्टीकरण दिएका थिए । हाल अपलोड गरिएको नयाँ भिडियोमा विवादित दृश्य छैन ।




प्रतिक्रिया