रुस-युक्रेन युद्ध : एक करोड मानिस विस्थापित

रुस-युक्रेन युद्ध : एक करोड मानिस विस्थापित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्र संघका शरणार्थीका लागि उच्च आयुक्तले रुस–युक्रेन युद्धका कारण हालसम्म युक्रेनबाट करिब एक करोड जनसंख्या विस्थापित भएको बताएका छन्। यो युक्रेनको कुल जनसंख्याको एक चौथाई हो।

विस्थापित हुने गति र व्यापकताको हिसाबबाट यो पछिल्ला दशकहरूकै अभूतपूर्व घटना रहेको बताएको छ। विस्थापितहरूमध्ये झन्डै ३५ लाख मानिसले देश नै छाडेका छन्।

त्यसको दोबर सङ्ख्याको आन्तरिक विस्थापन भएको छ। युएनएचसीआरका प्रवक्ताले यसलाई सिरियाली सङ्कटसँग तुलना गरे तर सिरियामा पनि यस्तरी विस्थापन हुन लामो समय लागेको थियो।

राष्ट्रसंघका अनुसार रुसी सेनाले देशभित्रै मरियुपोल र सुमीजस्ता सहरलाई घेरा हालेका छन्। उक्त सहरमा फसेका मानिसको अवस्था निकै चिन्ताजनक रहेको राष्ट्रसंघले जनाएको छ। एजेन्सीका अनुसार रुसी सेनाले आवासीय क्षेत्रलाई निशाना बनाएको छ, जसले हजारौं नागरिकको जीवनमा खतरा पैदा गरेको छ।

संयुक्त राष्ट्रसंघले वास्तविक मृत्युको संख्या धेरै हुन सक्ने बताएको छ। यता, युक्रेनका अभियोजक जनरलको कार्यालयले युद्धमा हालसम्म ११२ बालबालिका पनि मारिएको जनाएको छ।