सोमबार ४५ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार ४५ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७५२ जनामा परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज कोरोना संक्रमणबाट थप कुनै पनि व्यक्तिको मृत्यु भएको खबर छैन भने १४७ जना कोरोना संक्रमित निको भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ३ हजार १३५ रहेको छ ।