मंगलबार ४४ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार ४४ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५९४ जनामा परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर ४७१ जना कोरोना संक्रमित निको भएका छन् हाल मुलुकमा सक्रिय संक्रमितको संख्या २ हजार ६८८ रहेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।