प्रधानसेनापतिद्वारा विभिन्न गुल्म तथा बाहिनी अड्डाको निरीक्षण

प्रधानसेनापतिद्वारा विभिन्न गुल्म तथा बाहिनी अड्डाको निरीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले राजधानी बाहिरका विभिन्न बाहिनी र गुल्महरुको निरीक्षण गरेका छन् ।

मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले दाङ्ग, घोराहीस्थित श्री नं.१९ बाहिनी अड्‍डा, बझाङ्गस्थित श्री बीरभद्रजङ्ग गुल्म र डोटी दिपायलस्थित श्री नं. ५ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरेका हुन् ।

भ्रमणको दौरान उनले बाहिनी अड्‍डाहरु तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल गरी सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए । निरीक्षणकै क्रममा प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाले बझाङ्ग जिल्लामा संचालन गरिरहेको अपरेशन “हिमाल दर्शन” को स्थलगत निरीक्षण गरि अपरेशनमा सहभागी फौजसँग भेटघाट तथा सम्बोधन समेत गरेका थिए ।