नेपाल प्रहरीका ५ सय ५ जना वरिष्ठ हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ५ सय ५ जना वरिष्ठ हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी वरिष्ठ हवल्दारका लागि बढुवा पदपुर्ति गर्न नाम सिफारिस गरिएको छ । आज (शुक्रबार) बसेको बढुवा समितिको बैठकले नाम सिफारिस गरेको हो ।

बैठकले हवल्दारमा रहेका ज्येष्ठता कायम हुने गरी दोस्रो सुचीमा ५०५ जना जनपद समूहतर्फका प्रहरी हवल्दारहरुलाई प्रहरी नियामावलीअनुसार सिफारिस गरेको हो ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम ३० को (४) बमोजिम ज्येष्ठताको आधारमा सोही समूहतर्फ बरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफरिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।