काठमाण्डु – नेपाल–सिंगापुर चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्टिजको अध्यक्षमा दीपक कुँवर चयन भएका छन् । मंगलबार साँझ सम्पन्न कमर्शको भेलाले इन्जिनियर कुँवरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा सञ्जयकुमार अग्रवाल र विनोद ढकाल, महासचिवमा कृष्णकुमार अग्रवाल, कोषाध्यक्षमा गोविन्दप्रसाद थपलिया, सचिवद्वयमा देवआनन्द सरावगी र दिनेश बज्राचार्य चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा कमला श्रेष्ठ, गोविन्दप्रसाद घिमिरे, विजयसिंह वैद्य, मनोजकुमार अग्रवाल, स्कन्द अमात्य, दीपेश तुलाधर, रजुल श्रेष्ठ, खेमराज पन्त, अभिषेक सारडा, सुजेन श्रेष्ठ, सुमेध शाक्य, निशान ढकाल र आरूश्री खतिवडालाई चयन गरिएको छ । समितिको विशिष्ट सदस्यमा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई चयन गरिएको छ ।
नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा योगदान पुर्याएका कुँवर नेपाल घरजग्गा व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष एवं नयाँ बसपार्कमा सञ्चालित लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष हुन् । उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।




प्रतिक्रिया