१५ वर्षमै बिहारको कप्तानी गर्दै सूर्यवंशीले बनाए कीर्तिमान, सूर्यकुमारको १५ बलमै अर्धशतक

१५ वर्षमै बिहारको कप्तानी गर्दै सूर्यवंशीले बनाए कीर्तिमान, सूर्यकुमारको १५ बलमै अर्धशतक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय घरेलु टी–२० प्रतियोगिता सैयद मुस्ताक अली ट्रफीको नयाँ सिजन शनिबार सुरु भएको छ।

पहिलो दिन बिहारका वैभव सूर्यवंशीले १५ वर्ष २३२ दिनको उमेरमा टोलीको कप्तानी गर्दै पुरुष टी–२० क्रिकेटकै सबैभन्दा कान्छो कप्तान बनेका छन्।

इन्दोरमा सौराष्ट्रविरुद्ध टसका लागि मैदान उत्रँदै उनले क्रोएसियाका जाक भुकुसिचको कीर्तिमान तोडे। भुकुसिचले सन् २०२५ मा १७ वर्ष ३११ दिनको उमेरमा कप्तानी गरेका थिए।

कीर्तिमान बने पनि सूर्यवंशीको टोलीले खेल जित्न सकेन। बिहारले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो। सूर्यवंशीले १२ बलमा १८ रन बनाए। सौराष्ट्रले पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

दिनको अर्को चर्चित प्रदर्शनमा सूर्यकुमार यादवले हैदराबादविरुद्ध १५ बलमै अर्धशतक पूरा गरे। उनको अविजित ६० रनको मद्दतमा मुम्बईले १७३ रनको लक्ष्य १३.१ ओभरमै तीन विकेट गुमाएर भेट्टायो र सात विकेटको जित निकाल्यो।

शनिबारका अन्य खेलमा चण्डीगढले बडोदालाई तीन विकेटले, पुडुचेरीले महाराष्ट्रलाई १५ रनले, पञ्जाबले हरियाणालाई चार विकेटले र गुजरातले ओडिशालाई २१ रनले हराए।