सिंगापुर – जापानले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिललाई ३–२ ले पराजित गरेको छ। सिंगापुरको नेशनल स्टेडियममा शनिबार भएको खेलमा ताकुया साकामोटोले इन्जुरी समयको पहिलो मिनेटमा निर्णायक गोल गरे।
पहिलो हाफमा टेकुफुसा कुबो र केइतो नाकामुराले गोल गरेपछि जापानले २–० को अग्रता लिएको थियो। दोस्रो हाफमा भिनिसियस जुनियरले दुई गोल गर्दै ब्राजिललाई खेलमा फर्काए र स्कोर २–२ बनाए।
बराबरीतर्फ अघि बढिरहेको खेलमा साकामोटोले अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै जापानलाई जित दिलाए। जापान फुटबल संघका अनुसार यो ब्राजिलविरुद्ध जापानको पहिलो जित हो। यो खेल सिंगापुरमा आयोजित ‘द कालाङ फुटबल सिरिज’ अन्तर्गत भएको हो।
यसअघि शनिबार बिहान भएको खेलमा अर्जेन्टिना पनि उरुग्वेसँग पराजित भएको छ। अर्जेन्टिना पहिलो पटक लियोनेल मेस्सबिना उत्रिँदा घरेलु मैदानमै पराजित हुन पुग्यो।


प्रतिक्रिया