काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवासँगको भारत भ्रमणमा अन्य चार मन्त्री पनि सहभागी हुने भएका छन् ।
परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा प्रधानमन्त्री देउवासँगै भारत भ्रमणमा जाने भएका हुन् ।
देउवा तीनदिने औपचारिक भ्रमणका लागि भोलि भारत जाँदै छन् । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको स्रोतले बतायो ।




प्रतिक्रिया