हालको गठबन्धन जस्तोसुकै परिस्थिति आए पनि फुट्दैन : प्रधानमन्त्री देउवा

हालको गठबन्धन जस्तोसुकै परिस्थिति आए पनि फुट्दैन : प्रधानमन्त्री देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री तथा शेरबहादुर देउवाले नेपाली काँग्रसले हालको गठबन्धनलाई साथमा लिएर अगाडि बढ्ने बताएका छन् । बिहीबार काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसको केन्द्रीय समिति बैठकले नै गठबन्धन कायम राख्ने निर्णय गरेकाले गठबन्धन कुनै पनि हालतमा नफुट्ने बताएका हुन् ।

उनले भने, ‘अहिले गठबन्धनको कुरा उठेको छ । हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ । यसमा कुनै दुई मत छैन, गठबन्धन कुनै हालतमा टुट्दैन ।’ प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस गठबन्धनका विपक्षमा नरहेको पनि बताए । ‘हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन’, गठबन्धनलाई अझ एकतावद्ध बनाएर अगाडि बढ्छौँ ।’, उनले भने ।

त्यसैगरी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफूहरु स्थानीय तहको चुनावमा गठबन्धनसहित जाने बताएका छन् । आज सोही कार्यक्रममा बोल्दै प्रचण्डले हालको गठबन्धनको यात्रा लामो भएको दावी गरे । स्थानीय तहको निर्वाचन अगामि बैशाख ३० गते हुँदैछ ।