काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल ३ हजार ६ सय २३ पिसिआर परीक्षणका क्रममा २४ जना र १ हजार ३ सय २८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै बिहिबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप ८९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ३ सय ९४ जना निको भएका छन् । हाल नेपालमा १ हजार ८१ संक्रमित संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया