एमाले अध्यक्ष ओलीसँगको भेटपछि राप्रपा महामन्त्रीले भने- पाँच दललाई चुनौती त दिनुपर्‍यो

एमाले अध्यक्ष ओलीसँगको भेटपछि राप्रपा महामन्त्रीले भने- पाँच दललाई चुनौती त दिनुपर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणाबीच भेटवार्ता भएको छ ।

नेपालगञ्जको स्नेहा होटलमा एमाले अध्यक्ष ओली र राणाबीच भेटवार्ता भएको हो । उनीहरुबीच स्थानीय चुनावमा गठबन्धन गर्नेबारे छलफल भएको हो । भेटवार्तापछि डा राणाले पाँच दलबीच गठबन्धन भएपछि एमाले–राप्रपा गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए ।

‘गठबन्धन हामीले गर्नुपर्ने बाध्यता भएको छ । पाँच दललाई चुनौती त दिनुप¥यो । त्यसकै लागि प्रारम्भिक छलफल भएको हो’, राणाले भने, ‘अध्यक्ष ओली र मबीच स्थानीय तहमा मात्र कि प्रदेश र केन्द्रीय निर्वाचनमा पनि गठबन्धन गर्ने भन्ने विषयमा छलफल भएको हो । अब पार्टीमा छलफल गर्ने भन्ने कुरा भएको छ ।’ भेटवार्ता सकारात्मक भएको पनि उनले बताए ।