काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा आज भ्रमणमा भारत जाँदैछन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा तीन दिने भ्रमणका लागि आज दिउँसो भारत प्रस्थान गर्ने भएका हुन् ।
उनको औपचारिक भारत भ्रमण दलमा चार जना मन्त्री पनि सहभागी हुनेछन् । जसमा परराष्ट्रमन्त्री डा नारायण खड्का, उर्जामन्त्री पम्पा भुसाल, कृषि मन्त्री महेन्द्र यादव र स्वास्थ्यमन्त्री विरोध खतिवडा रहेका छन् ।
त्यस्तै प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री पत्नी डा आरजू राणा देउवा, मुख्यसचिव शंकरदास बैरागी, प्रधानमन्त्री प्रमुख स्वकीय सचिव भानु देउवा, परराष्ट्र सचिव भरतराज पौड्याल, अर्थसचिव मधुकुमार मरासिनी, गृहसचिव टेकनारायण पाण्डे, उर्जा सचिव देवेन्द्र कार्की, काननु सचिव उद्धवराज सापकोटा, स्वास्थ्य सचिव रोशन पोखरेल, उद्योग तथा वाणिज्य मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे सहभागी छन् ।
त्यस्तै प्रधानमन्त्रीका सल्लाहकार आरपी बिच्चा, लगानी बोर्डका सिइओ सुशील भट्ट, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी, डा साइल रुपाखेती र प्रकाश देउवा प्रधानमन्त्रीको भ्रमण दलमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया