एमालेले गर्यो गाउँपालिका अध्यक्षसहित चार वडा सदस्यलाई कारबाही

एमालेले गर्यो गाउँपालिका अध्यक्षसहित चार वडा सदस्यलाई कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधिलाई कारबाहीमा गरेको छ । एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

बलेफी गाउँपालिका, सिन्धुपाल्चोका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेको एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ । खत्री गत २४ फागुनमा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिका–१५ का वडा सदस्य जानुका रेग्मी, वडा–४ की वडा सदस्य डिला परियार, वडा–७ का दीपक कुमाललाई साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ ।