प्रधानमन्त्रीको भारत भ्रमणमा ओलीले उठाए प्रश्न, चुनावको बेला जानु रहस्यमय

प्रधानमन्त्रीको भारत भ्रमणमा ओलीले उठाए प्रश्न, चुनावको बेला जानु रहस्यमय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् ।

अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै नेपाल फर्किएपछि सोध्ने बताए । ओलीले भने, ‘प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला ? आएपछि सोध्नुपर्ला ।’

आफुले दैनिक चारवटा कार्यक्रममा भ्याउने गरेको बताउँदै युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिए । ’युवाहरूले मेरोभन्दा बढी सक्रिय हुनुपर्छ । एमालेलाई बलियो पार्टी बनाउनुपर्ने अब युवाहरूको हातमा छ,’ ओलीले भने ।

एमालेको हरुवा बानी नभएको उनको भनाइ छ । ’एमालेले हार्न कहिल्यै जानेको छैन । हाम्रो हरुवा बानी होइन् । हामी जितेर देश बनाउँछौं,’ ओलीले भने ।

सामाजिक अभियान्ताको जागरण ल्याउनुपर्नेमा उनले जोड दिए । ‘हामीले सामाजिक अभियान्ताको जागरणका रूपमा काम गर्नुपर्छ । व्यक्ति व्यक्तिका बीचमा गएर हरेक क्षेत्रमा एड्भान्सपन ल्याउनुपर्छ । वैज्ञानिक चेत हामीले फैलाउनुपर्छ,’ ओलीले भने ।

माधव नेपालको जसरी एमालेलाई न भाले न पोथीको अवस्थामा पु¥याउने छुट अब कसैलाई नरहेको उनले बताए ।