प्रधानमन्त्रीको भारत भ्रमण :कूटनीति मर्यादा नाग्दै भाजपा मुख्यालय पुगेपछी सर्वत्र आलोचना

प्रधानमन्त्रीको भारत भ्रमण :कूटनीति मर्यादा नाग्दै भाजपा मुख्यालय पुगेपछी सर्वत्र आलोचना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पहिलो दिन नै विवादित बनेको छ । प्रधानमन्त्री देउवा दिल्ली पुगेको पहिलो दिन नै भारतीय जनता पार्टी मुख्यालय पुगेपछी उनको आलोचना सुरु भएको हो ।

प्रधानमन्त्री देउवा शुक्रबार तीन दिने भारत भ्रमणको क्रममा नयां दिल्ली पुगेका थिए । उनलाई विजेपी मुख्यालयमा स्वागत गरिएको थियो । देउवालेभाजपा अध्यक्ष जेपी नड्डा र विदेश विभाग प्रमुख विजय चौथाइवालेसंग भेटवार्ता गरेका थिए । भेटमा देउवाका साथमा पत्नी आरजु देउवा र भ्रमण दलमा सहभागी सदस्यहरु सहभागी थिए ।

उनको भ्रमणलाई कूटनीतिक क्षेत्रका जानकारहरुले कूटनीतिक मर्यादा विपरीत भएको बताएका छन् । उनिहरु प्रधानमन्त्री देउवा नेपाली कांग्रेसको सभापतिको रुपमा नभई प्रधामन्त्रीको रुपमा भारत भ्रमणमा गएको बताएका छन् । हुन् । यसअघि सत्तारुढ दल र विपक्षी दलका नेताहरुले प्रधानमन्त्री बसेको होटलमै आएर भेट्ने चलन थियो । तर,देउवाले दलगत सम्बन्ध सुधारको नाममा यसपटक कूटनीतिक मर्यादा विपरीत काम गरेका छन् ।

पुर्व गृहमन्त्री समेत रहेका नेकपा एमालेका नेता भीम रावलले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भाजपा कार्यालयमा गएर कुटनीतिक मर्यादा नाघेको बताएका छन् । उनले देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतमा हो कि कांग्रेस सभापतिको हैसियतमा भएको हो भन्दै यस्ता कामले नेपाल हेपिने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे रावलले भनेका छन् ‘शेरबहादुर देउवाको भारत भ्रमण प्रमको हैसियतले हो कि, नेका सभापतिको ? भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गइएको हो ? श्रीमती देउवाले भाजपाका विदेश विभाग प्रमुखसँग पारिवारिक सम्बन्ध भएकाले गएको भन्ने समाचार आयो भ्रमण पारिवारिक हो र ?’

नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले ट्विटरमा लेखेका छन् ‘हाम्रो प्रधानमन्त्री भाजपाको कार्यालयतिर जाने कार्यक्रम चाहिं बुझिएन। यस्तो परम्परा पहिले कहिल्यै भए–बसे जस्तो पनि लाग्दैन । ’

तीन दिने भारत भ्रमणमा गएका देउवालाई शुक्रबार भारतिय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन् । जयशंकरले प्रधानमन्त्री देउवा बसेको होटल आईटीसी मौर्य पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तापछी जयशंकरले प्रधानमन्त्री देउवासंग भेटवार्ता गरेर आफु खुसी भएको भन्दै उनको भ्रमणले दुई देशको घनिष्ठ सम्बन्ध अरु मजबूत हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।