नेपाल र भारतबीच यी चारवटा सम्झौतापत्रमा हस्ताक्षर

नेपाल र भारतबीच यी चारवटा सम्झौतापत्रमा हस्ताक्षर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल र भारतबीच शनिबार चारवटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा ती समझदारी तथा सम्झौतापत्रमा दुई देशका सम्बन्धीत अधिकारीले हस्ताक्षर गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितीमा भएको नेपाल–भारत द्विपक्षीय बैठकपछि समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । समझदारी तथा सम्झौता पत्रमा भएको हस्ताक्षरलाई दुवै देशका प्रधानमन्त्रीले अवलोकन गरेका थिए ।

शनिबार नेपाल र भारतबीच भएका चारवटा समझदारी तथा सम्झौतापत्रमा अन्तर्राष्ट्रिय सोलार गठबन्धनको लागि फ्रेमवर्क सम्झौता, रेल क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारी पत्रको आदानप्रदान, पेट्रोलियम पदार्थको आपूर्ति सम्बन्धी सम्झौता र पेट्रोलियम पदार्थको क्षेत्रमा प्राविधिक विशेषज्ञता आदानप्रदान सम्बन्धी सम्झौता रहेका छन् ।