शनिबार ११ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार ११ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल २ हजार ८३ पिसिआर परीक्षणका क्रममा १० जना र १ हजार २७७ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थप ९० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ५५९ जना निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९४२ रहेको छ ।