काठमाण्डु – नेकपा एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज हुँदैछ । काठमाण्डुको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
ओली मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न टोखा पुग्नेछन् । अध्यक्ष ओली निर्वाचनको संघारमा धपेडीमा छन् । शनिबार खोटाङ पुगेका उनी त्यसअघि पश्चिम तराईका जिल्लाहरूमा चुनावी सभादेखि पार्टी प्रवेश कार्यक्रममा खटिएका थिए ।




प्रतिक्रिया