काठमाण्डु – नेकपा एमालेले कारबाही गरेका माधव नेपालसहित १४ जना सांसदविरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग हुनु अघि नै नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेका थिए । तर, सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुको कारवाहीको सूचना जारी नगरेपछि एमाले अध्यक्ष ओलीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
सो रिट निवेदनमाथि सर्वोच्चले आजदेखि सुनुवाइ गर्न लागेको हो । एमालेले १४ सांसदलाई गरेको कारबाहीलाई एजेण्डा बनाएर लामो समयदेखि प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गर्दै आइरहेको छ ।
एमालेले नेकपा एकीकृत समाजवादी दल दर्ताको प्रक्रियामाथि नै प्रश्न उठाएर निर्वाचन आयोगविरुद्ध समेत मुद्दा हालेको छ । साथै उसले झलनाथ खनाल बाहेकका १४ सांसदलाई कारवाहीको पत्र पठाएकोमा त्यसबारे सभामुखबाट कुनै निर्णय नगरी निर्वाचन आयोगले जबर्जस्ती अर्को दल दर्ता गरेको आरोप पनि लगाएको छ ।




प्रतिक्रिया