प्रधानमन्त्री देउवा बनारसमा, योगी आदित्यनाथले गरे स्वागत

प्रधानमन्त्री देउवा बनारसमा, योगी आदित्यनाथले गरे स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा बनारस पुगेका छन् । तीन दिने भारत भ्रमणमा रहेका देउवा आज बनारस पुगेका हुन् । उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विमानस्थलमा स्वाग गरेका छन् ।

देउवालाई काशीका ठाउँठाउँमा सांस्कृतिक नाचका साथ स्वागत गरिएको छ । बनारसमा देउवाले काल भैरव, विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन् ।

बनारसबाट नयाँ दिल्ली हुँदै देउवा आजै काठमाण्डु फर्कनेछन् । शुक्रवार प्रधानमन्त्री देउवा समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा पुगेका हुन् ।