काठमाण्डु – नेपाल प्रहरीका तीन एआईजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमाथि अआज सुनुवाई तोकिएको छ ।
जुनियरलाई बढुवा गरेर सिनियरलाई छुटाएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीलगायतले बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता गराएका थिए । सो रिटमाथि सुनुवाईका लागि आइतबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी तोकिएको हो ।
चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले डिआईजी वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो । तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए ।
तर, उक्त उजुरीमाथि कारबाही गर्दै लोकसेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई सदर गरेसँगै सरकारले समेत उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया