पाकिस्तानी प्रधानमन्त्री खानद्वारा संसद् विघटन

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा संसद् विघटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पाकिस्तानको राष्ट्रियसभामा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । यसपछि खानले देशलाई सम्बोधन गर्दै संसद भंग गरेर फेरि चुनाव गराउन राष्ट्रपतिलाई सिफारिस गरेको बताएका छन् ।

राष्ट्रिय सभामा विपक्षीले ल्याएको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशका नाममा सम्बोधन गर्दै अब जनताले चुनावको तयारी गर्नुपर्ने बताएका छन् । उनले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।

उनले भने, ‘देशका जनताले चुनावको तयारी गर्नुपर्छ । यसको भाग्यको निर्णय गर्ने अधिकार अरू कसैलाई छैन, तर यहाँका जनताले निर्णय गर्नेछन्।’ ‘आज उपसभामुखले अस्वीकार गरेको अविश्वासको प्रस्तावका लागि म सम्पूर्ण समुदायलाई बधाई दिन्छु। हिजोदेखि सबैजना निराश थिए, मलाई सोध्दै, म उनीहरूलाई नडराउन भन्न चाहन्छु।’ खानले थपे, ‘उपसभामुखले आज आफ्नो संवैधानिक शक्ति प्रयोग गरी लिएको निर्णयपछि मैले व्यवस्थापिका-संसद् विघटन गर्ने निर्णय राष्ट्रपतिलाई बुझाएको छु ।’

यसअघि पाकिस्तानको राष्ट्रिय सभामा विपक्षीको अविश्वासको प्रस्तावलाई उपसभामुखले संविधानको धारा ५ को उल्लङ्घन भएको भन्दै खारेज गरिदिएका थिए ।