पछिल्लो २४ घण्टामा थपिए २६ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए २६ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९ नमुनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोनामुक्त भएका छ्न् ।

हाल नेपालमा ८ सय ९९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ३० हजार ४४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।