नियुक्त भएको भोलिपल्टै श्रीलंकाका अर्थमन्त्रीले राजीनामा दिए

नियुक्त भएको भोलिपल्टै श्रीलंकाका अर्थमन्त्रीले राजीनामा दिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – आर्थिक संकटले गाँजेको श्रीलंकामा एकपछि अर्को व्यक्तिले राजीनामा दिने लहर चलेको छ । श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली सार्बेले पनि पदबाट राजीनामा दिएका छन् ।

अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्टै मंगलबार सार्बेले पदबाट राजीनामा दिएका हुन् । ‘यसबाट पर्न गएको असुविधाप्रति म खेद व्यक्त गर्दछु । म विश्वास गर्छु कि मैले सधैं देशको हितमा काम गरेको छु’ साब्रीको एक विज्ञप्तिमा भनिएको छ ।

देशको समस्या समाधान गर्न नयाँ, सक्रिय र अपरम्परागत कदमहरू आवश्यक रहेको उनले औँल्याएका छन् । यसअघि सोमबार मन्त्रिपरिषद्का सबै सदस्यले पदबाट सामूहिक राजीनामा दिएका थिए ।