थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न नेपालले पायाे अनुमति

थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न नेपालले पायाे अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालले भारतलाई थप ३ सय २५ मेगावाट विजुली बेच्न पाउने भएको छ । उर्जामन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै भारतले थप ३ सय ४० मेगावाट विजुली निर्यात गर्न स्वीकृत दिएको जानकारी दिएकी हुन् ।

यसअघि भारतले ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो । गत शनिबार नयाँदिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तामा थप बिजुली निर्यात गर्ने विषयमा कुरा भएको थियो ।

सोहीअनुसार भारतले थप बिजुली निर्यात गर्न नेपाललाई स्वीकृति दिएको हो । हाल नेपालले भारतबाट बिजुली किनिरहेको छ ।