स्वीडेन र फिनल्याण्ड नेटोमा आबद्ध भए आणविक हतियार तैनाथ गर्ने रुसको चेतावनी

स्वीडेन र फिनल्याण्ड नेटोमा आबद्ध भए आणविक हतियार तैनाथ गर्ने रुसको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- रुसले स्वीडेन र फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा सामेल भएमा रसियाले आणविक हतियार र हाइपरसोनिक मिसाइलहरू तैनाथ गर्ने चेतावनी दिएकाे छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी दिमित्रि मेदभेदेवले यस्तो चेतावनी दिएका हुन् ।

रुससँग एक हजार ३०० किलोमिटर सीमा जोडिएको फिनल्यान्ड र अर्को युरोपेली देश स्वीडेनले नेटो गठबन्धनमा आबद्ध हुने योजनामा छन् । रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्रि मेदभेदेवले स्वीडेन र फिनल्यान्ड नेटोमा आबद्ध भएमा रुसले बाल्टिक सागरमा आफ्नो स्थल, नौसैनिक र वायु सेना बलियो बनाउने बताए ।

सन् २००८ देखि २०१२ सम्म रुसी राष्ट्रपति रहेका मेदभेदेवले भने, ‘आणविकमुक्त बाल्टिकबारे कुनै पनि वार्ता हुन सक्दैन । सन्तुलन पुनस्र्थापित गरिनुपर्छ । ’

मेदभेदेव सन् २००८ देखि सन् २०१२ सम्म रुसको राष्ट्रपति थिए । उनीहरूले आणविक हतियार र हाइपरसोनिक मिसाइलहरू घरनजिकै बाँच्नु पर्ने थियो । उनीहरूले घरनजिकै परमाणु हतियार र हाइपरसोनिक मिसाइलहरूसँग बाँच्नु पर्नेछ ।