सिन्धुपाल्चोकमा माओवादीका दुई पक्षबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

सिन्धुपाल्चोकमा माओवादीका दुई पक्षबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रको दुई पक्षबीच झडप भएको छ । टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो ।

उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ ।

स्थानीय आवश्यकताका आधारमाभन्दा काठमाण्डुमा बस्नेलाई टिकट दिएपछि झडप भएको स्थानीय नेताहरूको गुनासो छ ।