आजदेखि मोबाइल, मदिरा, गाडीसहित १० प्रकारमा सामान आयातमा प्रतिवन्ध (सूची)

आजदेखि मोबाइल, मदिरा, गाडीसहित १० प्रकारमा सामान आयातमा प्रतिवन्ध (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – व्यापार घाटा घट्न थालेपछि सरकारले १० प्रकारका सामान आयातमा कडाई गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गरेको विवरणअनुसार १० प्रकारका विलासी उपभोग्य वस्तु भित्र्याउन प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयले मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सुर्तीजन्यपदार्थ आयातमा बन्देज लगाएको छ । आगामी असार मसान्तसम्मका लागि उक्त १० वस्तु आयातमा रोक लगाएको मन्त्रालयले जनाएको छ । तर सरकारले चुरोट तथा सुर्तीजन्य वस्तु र कच्चा पदार्थ ल्याउन भने छुट दिएको छ ।

त्यस्तै कूटनीतिक नियोगका अधिकारीलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने मन्त्रालयले जनाएको छ।

आयातमा रोक लगाइएको वस्तु:

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन (३२ इन्चभन्दा माथिका)

७. जिप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास