धार्मिक जात्राका क्रममा रथमा करेन्ट लाग्दा ११ जनाको मृत्यु

धार्मिक जात्राका क्रममा रथमा करेन्ट लाग्दा ११ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली – दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको नांगो तारलाई छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा दुई जना बालबालिका पनि छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अधिकारीहरूले अनुमान गरेका छन् । उक्त घटनालाई लिएर प्रहरीमा उजुरी गरिएको छ ।

रथ चलाउने जेनेरेटर सडकको घुम्तीमा अड्किएको उद्धार सेवाका अधिकारी भानुप्रियाले बताए । यसलाई मिलाउन खोज्दा रथको माथिल्लो भाग हाईभोल्टेजको तारसँग छोइएको थियो । सडकमा पानीको खाल्डो नभएको भए मृतकको संख्या अझै बढी हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । रथसँगै हिँडेका करिव ५० भक्तजन केही सेकेण्डअघि मात्रै घटनाबाट जोगिन पन्छिएका थिए । -एजेन्सी