बुधबार ११ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार ११ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल ५ हजार ८९२ नमुना परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर १७ जना कोरोना संक्रमित निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २५२ रहेको छ । त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छैन् ।