स्थानीय चुनावमा आफ्ना समुदायका उम्मेदवारलाई विजयी गराउन भुजेल युवा संघको आग्रह

स्थानीय चुनावमा आफ्ना समुदायका उम्मेदवारलाई विजयी गराउन भुजेल युवा संघको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भुजेल युवा संघ केन्द्रीय समितिले यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भुजेल समुदायका उम्मेदवारलाई विजयी गराउन अपिल गरेको छ ।

भुजेल युवा संघका अध्यक्ष रोशन भुजेलले बुधबार अपिल जारी गर्दै राज्यको मूलधारमा भुजेलको नेतृत्व बिकासका निम्ति व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर आफ्ना समुदायका उम्मेदवारहरुलाई एकतावद्ध भई विजयी गराउन आग्रह गरेका हुन् ।

उनले राज्य सञ्चालनको मुख्य शक्ति राजनीतिमा भुजेल जातिको उल्लेखनीय सहिभागिता बढाउनका लागि राजनीतिक दल, चुनाव चिन्ह वा विचार नहेरी देशभरका भुजेल उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘राज्य सञ्चालनको मुख्य शक्ति राजनीतिमा भुजेल जातिको उल्लेखनीय सहभागिता बढाउनको निम्ति भुजेल समुदायबाट जसले जँहाबाट उमेदवारी दिएको भएता पनि विचार समूह, चुनाव चिन्ह नहेरी समुदायको वृहत्तर हितका निम्ति साथै राज्यको मूलधारमा भुजेलको नेतृत्व बिकासका निम्ति व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर धेरै भन्दा धेरै भुजेल प्रतिनिधि निर्वाचित गराउन आआफ्नो ठाउँबाट सक्दो भूमिका निर्वाह गरिदिनुहुन सम्पूर्ण भुजेल समुदायमा भुजेल युवा सङ्घ केन्द्रीय समिति हार्दिक अपील गर्दछ ।’

No description available.