बागी उमेदवार र अन्य दलसँगको तालमेल खारेज नभए कारबाही गर्ने गठबन्धनको निर्णय

बागी उमेदवार र अन्य दलसँगको तालमेल खारेज नभए कारबाही गर्ने गठबन्धनको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता रुढ पाँच दलीय गठबन्धनको बैठकले बागी उम्मेदवारी तत्काल फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्काल र्फिता लिने निर्णय गरेको हो ।

केन्द्रबाट भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारी फिर्ता नलिए सम्बन्धित दलले कारबाही गर्ने निर्णय समेत आजको बैठकले गरेको छ । त्यसैगरी आजको बैठकले पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय पनि गरेको छ ।

No description available.