पूर्वमन्त्री आलमको मुद्दामा सुनुवाइ जारी

पूर्वमन्त्री आलमको मुद्दामा सुनुवाइ जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दामा सुनुवाइ भइरहेकाे छ । न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेकाे हाे ।

आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियाेग लागेकाे हाे । यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाकाे सुनुवाइ भने भएकै छैन ।

जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।

२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।