चौधरीलाई उपमेयर उम्मेदवारको सूचीबाट नहटाउन सर्वोच्चको आदेश

चौधरीलाई उपमेयर उम्मेदवारको सूचीबाट नहटाउन सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले ममताकुमारी चौधरीलाई उम्मेदवारको सूचीबाट नहटाउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सप्तरीको राजविराज नगरपालिकाको उपप्रमुखकी चौधरीलाई उम्मेदवारको सूचीबाट नहटाउन आदेश दिएको हो ।

उपप्रमुखमा मनोनयनपत्र दर्ता गराएकी चौधरीलाई निर्वाचन कार्यालयको कमजोरीका कारण उम्मेदवार सूचीबाट हटाइएको थियो । उम्मेदवार बन्नै वञ्चित गरेपछि निर्वाचन आयोगविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

निवेदिकालाई विनाकारण उम्मेदवारको सूचीबाट हटाउँदा निवेदकलाई असर पर्ने भन्दै अन्तरिम आदेश छलफलबाट टुंगो नलागेसम्म उनको मनोनयनपत्र बदर तथा रद्द नगर्न आदेश दिइएको हो ।

सर्वोच्चले अन्तरिम आदेश छलफलका लागि वैशाख २० गते आयोगलाई पनि बोलाएको छ ।