काठमाण्डु – विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका ३ जनासहित २३ जनाले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।
प्रमुखमा बागी उम्मेदवारी दिएका राष्ट्रिय जनमोर्चाका टंकप्रसाद गौतम, माओवादीकी नेतृ शारदा मैनाली र नेपाल परिवार दलका महेश निरौलाले मनोनयन फर्ता लिएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुख पदका २ जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुमा स्वतन्त्र उम्मेदवार उद्धवप्रसाद कोइराला र नेपाल परिवार दलका दीपक पोखरेल रहेका छन् ।
प्रमुख र उपप्रमुख ५ जनासहित २३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ । यसैबीच उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकी माओवादी नेतृ नमिता न्यौपाने र प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका नेता उमेश यादवले उम्मेदवारी कायमै राखेका छन् ।
गठबन्धन दलहरुबीच अन्तिम समयमा वडाको भागबण्डा मिलाउन पहल गरेको भएपनि सार्थक नभएको नेताहरुले बताएका छन् । काँग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एसका कुनैपनि वडाध्यक्षका बागी उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छैनन् ।




प्रतिक्रिया