काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्ने भएको छ ।
शुक्रबार उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज चुनाव चिह्न प्रदान गर्न लागेको हो । निर्वाचनका लागि दर्ता भएका दलहरूले आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले चिह्न प्रदान गर्नेछ ।
उम्मेदवारहरूले चुनाव चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म निर्वाचनमा मतको लागि प्रचारप्रचार गर्न पाउनेछन् ।




प्रतिक्रिया